News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले ९ हजार ४८९ मत गणना हुँदा ४ हजार ३९६ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
- उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले १ हजार ६२३ मत प्राप्त गरेका छन् र मतान्तर २ हजार ७७३ पुगेको छ।
- मतगणनाका क्रममा ५०८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ र जिल्लास्थित समन्वय समितिको भवनमा मतगणना जारी छ।
२२ फागुन, सल्यान । सल्यानमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले फराकिलो अग्रता कायम राखेका छन् ।
हालसम्म ९ हजार ४८९ मत गणना हुँदा मल्लले ४ हजार ३९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले १ हजार ६२३ मत प्राप्त गरेका छन् ।
यससँगै मल्ल र चन्दबीचको मतान्तर २ हजार ७७३ पुगेको छ।
त्यस्तै नेपाली काँग्रेसका केश बहादुर बिष्टले १ हजार ५८३ मत, नेकपा एमालेका गुलावजंग शाहले १ हजार २१० मत र नेकपा माओवादीका चन्द्रबहादुर खड्काले ४८२ मत प्राप्त गरेका छन्।
मतगणनाका क्रममा हालसम्म ५0८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लास्थित समन्वय समितिको भवनमा मतगणना जारी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4