+
+
Shares

पहिलो परीक्षामा उत्तीर्ण नेकपाका रमेश मल्ल

चुनाव जितेपछि युवालाई केन्द्रमा राखेर काम गर्ने उनको प्रतिबद्धता छ । जसअन्तर्गत उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा नेता रमेश मल्लले सल्यानमा रास्वपाका ललितकुमार चन्दलाई पराजित गर्दै २३ हजार १८९ मत प्राप्त गरी संसदीय चुनाव जितेका छन्।
  • मल्लले युवालाई केन्द्रमा राखेर उत्पादन वृद्धि, उद्यमशीलता र स्वरोजगारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
  • उनी २०७९ सम्म प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव थिए र हाल नेकपाका केन्द्रीय सदस्य रहेका छन्।

२४ फागुन, काठमाडौं । संसदीय यात्राको पहिलो परीक्षामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता रमेश मल्ल उत्तीर्ण भएका छन् ।

देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर आइरहेका बेला नेकपाका मल्ल सल्यानमा रास्वपाकै उम्मेदवार ललितकुमार चन्दलाई रोकेर चुनाव जित्न सफल भएका हुन् ।

२३ हजार १ सय ८९ मत ल्याएर मल्ल विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाका चन्दले २० हजार ९ सय ४ मत प्राप्त गरे ।

त्यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५ सय ५८, नेकपा एमालेका गुलाबजंग शाहले १५ हजार ३ज सय ७३, नेकपा माओवादीका चन्द्रबहादुर खड्काले ९ सय ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की अनिशा नेपालीले ९ सय २ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट प्रकाश ज्वालाले चुनाव जितेका थिए । यसपालि ज्वालाले मल्ललाई अगाडि सारेका थिए ।

२०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एमालेबाट निर्वाचित ज्वाला २०७० सालको दोस्रो संविधानसभा सदस्य बनेका थिए । २०७४ सालमा प्रदेशसभा र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य भएका ज्वाला चुनावबाट बाहिर रहँदा नेकपाबाट मल्लले उम्मेदवार बन्ने मौका पाए ।

लामो समय नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवका रूपमा काम गरेका मल्ल तत्कालीन माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत हुन् ।

जनयुद्धकालका १० वर्षे कठिन भूमिगत जीवन र शान्ति प्रक्रियापछिका २० वर्षमा राजनीतिका विविध उतारचढाव, पार्टीका अनेकन अन्तरविरोधमा सामेल भएका रमेश पहिलो पटक जनतामाझ परीक्षित हुन गएका थिए, जसमा उनी उर्त्तीण भए ।

२८ माघ २०३५ मा सल्यानको कुमाख गाउँपालिका–५ बाल्लेमा जन्मिएका मल्ल २०५० सालमा तत्कालीन माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका थिए । २०५३ सालमा शीतल उच्च मावि इकाइ समिति सदस्य भए । २०५४ मा क्रान्तिकारी विद्यार्थी संगठन सल्यान जिल्ला समिति सदस्य हुँदै २०५६ सालमा जिल्ला अध्यक्ष बने ।

दुई कार्यकाल क्रान्तिकारी विद्यार्थी संगठन सल्यान अध्यक्ष बनेका मल्ल २०५८ मा विराटनगरमा सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी)  एकताको १५औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बने ।

२०५९ देखि २०६२ सम्म सेती–महाकाली क्षेत्रीय समन्वय समिति संयोजक, त्यसपछि सचिवालय सदस्य, केन्द्रीय समिति कोषाध्यक्ष र उपाध्यक्ष हुँदै २०७१ मा केन्द्रीय संयोजक बने । २०७२ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भए ।

२०५४ मा पूर्णकालीन कार्यकर्ता हुँदै तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र संघर्षमा सहभागी भएका रमेश सोही वर्ष पार्टीको संगठित सदस्य बनेका थिए । २०५७ मा जिल्ला समिति सदस्य भए भने २०६० मा पार्टीको सेती–महाकाली क्षेत्रीय ब्युरो सदस्यको जिम्मेवारी पाए । उनले २०६१ सालमा पश्चिम केन्द्रीय कमान्ड अन्तर्गतको स्कुल विभाग सदस्यका रूपमा काम गरे ।

उनी २०६५ सालमा एकीकृत नेकपा (माओवादी) को नेवा: राज्य समिति सदस्य, २०७३ सालमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य, २०७८ मा पार्टीको पोलिटब्युरो सदस्य हुँदै पार्टीको उपत्यका विशेष प्रदेशको सहइन्चार्ज पनि भएका थिए ।

फागुन २०७१ देखि साउन २०७२ सम्म त्रिभुवन विश्वविद्यालय सभा सदस्य (सिनेटर), साउन २०७३ देखि जेठ २०७४ सम्म पहिलो पटक र पुस २०७९ देखि असार २०८१ सम्म दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिवका रूपमा काम गरे ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका मल्लले प्रारम्भिक शिक्षा गाउँकै अरनिको प्राविबाट लिएका थिए । माध्यमिक तहको शिक्षा रुकुमको शीतल उच्च मावि चौरजहारीबाट पूरा गरेका थिए ।

हाल नेकपाका केन्द्रीय सदस्य रहेका मल्लले अब प्रतिनिधिसभा सदस्यका रूपमा समेत भूमिका निर्वाह गर्नेछन् ।

केन्द्रमा युवा, प्राथमिकतामा उद्यम

चुनाव जितेपछि युवालाई केन्द्रमा राखेर काम गर्ने उनको प्रतिबद्धता छ । जसअन्तर्गत उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

उनका अनुसार हाल सल्यानबाट वार्षिक अदुवा, सुन्तला, आलु, खसी बोका, टिमुर, ताजा तरकारी गरी साढे ३ अर्ब बराबरको उत्पादन निर्यात भइरहेको छ । यस अतिरिक्त स–साना परिमाणमा विभिन्न प्रकारका कृषि तथा वन पैदावार, जडीबुटी पनि निर्यात भइरहेको छ ।

यहीँनेर मल्लको प्रतिबद्धता छ, ‘सल्यानको उत्पादनलाई वार्षिक ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहित कार्ययोजना निर्माण गरी कृषि, पशुपालन, वन पैदावार, बागवानी, तरकारी लगायत क्षेत्रमा सिप, ज्ञान, प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी बढाउने योजनामा हाम्रो विशेष प्राथमिकता रहने छ ।’

सल्यानका पौराणिक सिपमा आधारित खुकुरी उद्योग, बाँस/ निगालोबाट निर्मित वस्तु र तयारी पोसाकलाई आधुनिक प्रविधिमा समायोजन गरी व्यावसायिक बनाउन र राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान एवं बजारीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले लघुवित्त पीडितको विषय हल गर्न पहल गर्नुका साथै आवासविहीनका लागि जनता आवास कार्यक्रम, दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित कार्यक्रमलाई बढाउने सपना देखाएका छन् ।

मल्लले नीतिगत प्रतिबद्धतामा सुशासन राखेका छन् । ‘जेनजी आन्दोलन मार्फत उठाइएका भ्रष्टाचार, अनियमितता तथा बेरोजगारी जस्ता समस्या समाधान गर्न लोकतन्त्र सुदृढीकरण, सुशासन, राजनीतिक स्थायित्व र शान्ति सुरक्षा कायम गर्दै युवा स्वरोजगार तथा उद्यमशीलता मार्फत उत्पादकत्व वृद्धिमा जोड दिनुपर्नेमा प्रतिबद्ध छु,’ उनले भनेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?