+
+
Shares

नेकपाले सल्यानमा २ पूर्वमन्त्रीलाई रोकेर रमेश मल्ललाई दियो टिकट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १२:२०

५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानमा दुई पूर्वमन्त्रीलाई छोडेर युवा नेता रमेश मल्ललाई टिकट दिएको छ ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलोपटक चुनाव लड्न लागेका हुन् । यसअघि सोही क्षेत्रबाट चुनाव जितेका प्रकाश ज्वालाले दाबी छोडेपछि मल्लले टिकट पाएका हुन् ।

नेकपाले अन्य ठाउँमा यसअघि टुंगो लगाए पनि सल्यानलगायतका केही क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको थिएन ।

२०७९ को निर्वाचन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । गठबन्धनबाट ज्वालाले जितेका थिए । उनी अहिले नेकपाकै नेता छन् ।

जिल्लाबाट मल्लसहित ज्वाला र पूर्वमन्त्री टेकबहादुर बस्नेत सिफारिस भएका थिए ।

टिकट पाएका मल्लले यसअघि प्रचण्डको स्वकीय सचिव भएर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?