+
+
Shares

जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने

आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा भएको दमन र विध्वंशबारे जाँचबुझ आयोगले आइतबारसम्ममा प्रतिवेदन बुझाउने भएको छ।
  • प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारी सिंहदरबारस्थित कार्यालयमा बसेका छन्।
  • आयोगले संकलन गरेका प्रमाण र दस्तावेजहरू वर्गीकरण गरी प्रधानमन्त्रीलाई बुझाउनेछ।

२३ फागुन, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबार (भोलि)सम्ममा प्रतिवेदन बुझाउने भएको छ ।

प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेका छन् ।

‘प्रतिवेदन लेखनका क्रममा केही त्रुटि वा कमजोरी छ कि भनेर रुजु गर्ने काम गरिरहेका छौं, आज अपराह्नसम्म त्यो काम सकिनेछ,’ आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।’

अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ ।

गत २३ भदौमा जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको छ । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारी सदस्य छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?