२३ फागुन, काठमाडौं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले अग्रता बढाउँदै लगेका छन् । निर्वाचन आयोगको हालसम्मको अपडेटअनुसार साम्पाङले ७८१३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की गोमा तामाङको पाँच हजार ८७१ मत छ । सुरुवाती गणनामा साम्पाङलाई तामाङले पछि पारेकी थिइन् । तर, पछिल्लो अपडेटअनुसार साम्पाङ एक हजार ९४२ मतले अघि छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई एक हजार ४७३ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा एमालेका टीकाराम लिम्बू एक हजार २१४ मतसहित चौथो स्थानमा छन् ।
नेपाली कांग्रेसका सुजेन्द्र तामाङ एक हजार ९३ मतसहित पाँचौँ स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4