२३ फागुन, काठमाडौं । नुवाकोट-१ मा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले अग्रता लिएका छन् । पछिल्लो मत अपडेटअनुसार महतले सात हजार ६२६ मत ल्याएर अग्रता कायम गरेका छन् ।
यसअघि यो क्षेत्रमा अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार विक्रम तिमिल्सिनाले ७ हजार ४३ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का हितबहादुर तामाङ ५ हजार ७३७ मतका साथ तेस्रो स्थानमा रहँदा नेकपा एमालेका बद्री मैनाली तीन हजार ४०४ मतसहित चौथो स्थानमा छन् ।
यस्तै उज्यालो नेपाल पार्टीका अमित तामाङले एक हजार २५४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4