+
+
Shares

महामन्त्रीहरूले कांग्रेसलाई कमजोर बनाउने काम गर्नुभयो : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै पार्टीको निर्णय नमानेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १९:४२

२३ पुस, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै पार्टीको निर्णय नमानेको आरोप लगाएका छन् ।

पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन वैशाख २८-३१ गते गर्ने निर्णय गरिसकेको बताउँदै महामन्त्रीहरूले उक्त निर्णय नमानी विशेष महाधिवेशन भन्दै आह्वान गर्नु गलत भएको बताएका हुन् ।

‘हामी पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिने हो । महामन्त्रीहरू त झन जिम्मेवार हुन्छन् । वैशाख २८ गते महाधिवेशन गर्ने भनेर पार्टीले निर्णय गरिसकेको छ । महामन्त्रीहरूले निर्णय मान्नु भएन,’ उनले अनलाइनखबरसँग भने, ‘आम निर्वाचनको मुखमा एक भएर जानुपर्छ । विवाद गर्ने समय यो होइन । नियमित महाधिवेशन पुसमा गर्न सक्छौँ भन्ने उहाँहरू नै हो । हामीले यो समयमा हुँदैन त्यति बेला पनि भनेकै हो ।’

महाधिवेशन गराउने जिम्मेवारी धेरै महामन्त्रीको भएको भन्दै उनले थपे, ‘महाधिवेशन किन हुन सकेन भन्ने त उहाँहरूलाई थाहै छ । महाधिवेशनको प्रक्रिया अघि बढिसक्यो । मात्रै तालिका संशोधन भएको त हो । अधिवेशनको कार्यतालिका अघि बढिसकेको अवस्थामा विशेष-विशेष भनेर हुँदैन । यो देशमा कांग्रेस नै हो जिम्मेवार पार्टी हो । गम्भीर समय छ । यो झन् कांग्रेसलाई कमजोर गर्ने मुभ भयो । किन गरिरहनु भएको छ थाह छैन ।’

चुनावलगत्तै महाधिवेशन गर्ने र अहिले सबै मिलेर चुनावको तयारी गर्नुपर्ने समय भएको महतले बताए ।

‘अहिले सबै मिलेर चुनावमा जाने र त्यसका लागि टिकट वितवरण गर्ने समय हो । टिकट कसैले थोपर्ने त होइन । अहिले कसैलाई टिकट दियो भन्दैमा ह्वारह्वारर्ती भोट आउने पनि होइन,’ उनले भने, ‘पार्टीकै नेताको खिलापमा सामाजिक सञ्जालमा लगातार गालीगलौज गरिएको छ । आम निर्वाचनको मुखमा यस्तो गर्दा राम्रो हुन्छ ? मानौँ कि यीनिहरू सबैभन्दा ठूलो खलनायक हुन् भनेजसरी हामीमाथि गालीगलौज गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?