+
+
Shares

तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !

आफू भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २०:०७

२३ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।

आफू भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् ।

‘बालेन बाबु, विजजयका लागि तपाईंलाई बधाई,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना !’

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर जितेपछि ओलीले उनलाई तबला उपहार दिएका थिए । आजज सोही तस्वीर फेसबुकमा राख्दै ओलीले बालेनलाइ शुभकामना दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?