२३ फागुन, सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव २८ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् । शनिबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गर्दै जित हात पारेका हुन् ।
यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले ७ हजार ९७२ मत प्राप्त गरे । यस्तै जनमत पार्टीका डा. वीरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्दा नेकपा एमालेका धर्मनाथ साह ४ हजार २२७ मतसहित चौथो स्थानमा रहे ।
नेपाली कांग्रेसकी चन्द्रकलादेवी यादवले ४ हजार ६१, जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवले ३ हजार ४८४, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले २७९ मत प्राप्त गरे ।
विजयी उम्मेदवार यादवले यो क्षेत्रमा पाँच जना पूर्वमन्त्रीलाई नै पछि पारेका हुन् ।
प्रतिक्रिया 4