News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पा क्षेत्र–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका माधवबहादुर थापा २६ हजार ७३६ मत प्राप्त गरी निर्वाचित भएका छन्।
२४ फागुन, पाल्पा । पाल्पा क्षेत्र–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवबहादुर थापा निर्वाचित भएका छन् । २६ हजार ७३६ मत प्राप्त गरेर थापा निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिस्ट पार्टी सोमप्रसाद पाण्डेयले ५ हजार २८८ र नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेका छन् ।
निर्वाचित थापाले जितपछि सबै पाल्पालीको आफू सांसद् भएको र परिवर्तनको एजेन्डा स्थापित गर्न लागि पर्ने बताए । पाल्पाको रिब्दिकोट गाउँपालिका ७ पालुङ्मैनादी घर भए पनि रुपन्देही बुटवलमा बसोवास गर्दै आएका थिए ।
पाल्पा–२ मा यस अघि एमालेका ठाकुर गैरे विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4