+
+
Shares

धनुषा-१ : उम्मेदवारी खारेज भएका रास्वपाका साह १३ हजार मतले अगाडि

अन्य उम्मेदवारको मतभन्दा घण्टीमा १३ हजारभन्दा बढी मत परेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ फागुन २४ गते १०:०२

२४ फागुन, जनकपुरधाम । धनुषा क्षेत्र नं-१ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा २० हजार ९१६ मत परेको छ । अन्य उम्मेदवारको मतभन्दा घण्टीमा १३ हजारभन्दा बढी मत परेको छ ।

रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेको छ । खारेज भएको उम्मदेवारले अत्यधिक मत पाएपछि त्यहाँको मतगणना परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन ।

उनले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार, उम्मेदवारी कायम रहेका उम्मेदवारहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवले सबैभन्दा बढी ७ हजार ५६६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहले ७ हजार ४२८ मत पाएका छन् भने तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत प्राप्त गरेका छन्।

सबैभन्दा बढी मत परेका रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजीले मतगणनाको परिणाम के हुने हो भन्ने अन्योल छ ।

रास्वपाका उम्मेदवार साहविरुद्ध १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। साहको स्वामित्वमा रहेको ‘कमल निर्माण सेवा’ कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो।

१४ फागुनमा साहसँग स्पष्टीकरण र प्रमाण पेस गर्न निर्देशन दिए। आयोगले १८ फागुनमा उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

उम्मेदवारी खारेज भएपछि साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। तर उक्त रिटमा हालसम्म कुनै आदेश जारी भएको छैन। यस सम्बन्धमा २४ फागुनमा पेसी तोकिएको छ।

उम्मेदवारी खारेज भएपछि घण्टी चुनाव चिह्नमा परेको मत के गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगसँग निर्णय माग गरेको थियो। त्यसपछि आयोगले तीन बुँदे निर्देशन जारी गर्दै घण्टी चुनाव चिह्नमा स्वस्तिक छाप लागेका मतपत्रको छुट्टै लगत राख्दै गणना गर्न निर्देशन दिएको थियो। साथै, त्यस्ता मतपत्रबाहेकका मतपत्रको गणना गरी निर्वाचन परिणाम प्रकाशन गर्न पनि आयोगले निर्देशन दिएको छ।

‘मतगणनाको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको निर्वाचन चिह्न घण्टीमा स्वस्तिक छाप लागेका मतपत्र फेला परेमा त्यस्ता मतपत्र पनि गणना गरी छुट्टै लगत राख्ने,’ निर्देशनको दोस्रो बुँदामा भनिएको छ, ‘बुँदा नं. १ बमोजिम गणना भएका मतपत्रबाहेक बाँकी मतपत्रलाई नियमानुसार गणना गरी निर्वाचन परिणाम प्रकाशन गर्ने।’

यसैअनुसार यहाँको मतगणना चलिरहेको छ । तर, सबैभन्दा बढी मत परिरहेको घण्टी चुनाव चिह्नको मतपरिणाम जित्ने आधार बलियो छ। यसले यस क्षेत्रको विवादले अन्योल सिर्जना गरेको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?