+
+
Shares

मधेशका पूर्वमुख्यमन्त्री सिंहको जमानत जफत

मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २२:२५

२५ फागुन, जनकपुरधाम । मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ ।

प्रदेश सांसद पदबाट राजीनामा दिएर सप्तरी क्षेत्र नं. २ मा स्वाभिमान पार्टीबाट चुनाव लडेका उनको जमानत जफत भएको हो ।

त्यहाँ रास्वपाका रामजी यादव २८ हजार ४०४ मत पाएर विजयी भएका छन् ।पूर्व मुख्यमन्त्री सिंहले ३ हजार ५५७ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उमेश यादव १४ हजार २६३ मत पाउँदा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ९ हजार ८८० मत मात्र प्राप्त गर्न सके ।

सिंहले पाएको मत ३ हजार ५५७ कुल सदर मतको ५. ६७ प्रतिशत मात्र हो । सदरमतको १० प्रतिशत नआए जमानत जफत हुने व्यवस्था छ ।

यस क्षेत्रमा खसेको मतमध्ये ६२ हजार ७८३ सदर भएको थियो । सिंहलगायत अन्य ३० उम्मेदवारको पनि जमानत जफत भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?