News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक रेखा थापाले आगामी फिल्म 'माया भनेकै यस्तो होला' को छायांकन सोमबारदेखि शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट थालेकी छन्।
- फिल्ममा तीनजना पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह अभिनेत्रीको रुपमा रहनेछन् भने मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठ पनि अभिनय गर्नेछन्।
- फिल्म सामाजिक र प्रेमकथामा आधारित हुनेछ र प्रदर्शन आउँदो तीजमा हुने अपेक्षा गरिएको छ।
काठमाडौं । निर्देशक रेखा थापाले आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सोमबारदेखि थालेकी छन् । शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट छायांकन थालिएको हो ।
यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थापाको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । ८ वर्षपछि उनी निर्देशनको काममा फर्किएकी हुन् ।
यो फिल्ममा रेखा निर्देशकको रुपमा मात्र सक्रिय हुनेछिन् । रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर गएर ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा काम गरिरहेकी छिन् ।
यो फिल्ममा तीनजना पूर्वमिस नेपालका ब्याचलाई अभिनेत्रीको रुपमा देख्न सकिन्छ । सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ मिस नेपाल वल्र्ड हुने भने नीति शाह पूर्वमिस नेपाल इन्टरनेसनल हुन् ।
मदनकृष्ण श्रेष्ठ पनि यसमा देखिनेछन् । लामो समयपछि दिल श्रेष्ठ मुख्य भूमिकामार्फत फर्किएका छन् । यसअघि सार्वजनिक एक पोस्टरमा दिललाई सृष्टि, नम्रता र नीतिको साथमा देखाइएको थियो ।
फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, रवि डंगोल, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेलको पनि अभिनय हुनेछ । हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माताको रुपमा छन् ।
सामाजिक र प्रेमकथामा फिल्म बन्नेछ । यसमा ध्रुव लम्सालको पटकथा हुनेछ । काठमाडौं आसपासकै विभिन्न स्थानमा छायांकन हुनेछ । सुदीप बरालले छायांकन गर्दैछन् । प्रदर्शन आउँदो तीजमा हुने अपेक्षा छ ।
प्रतिक्रिया 4