२५ फागुन, संखुवासभा । संखुवासभाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोटखोला गाउँपालिका-४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेका छन् ।
उनलाई १ थान भरूवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो ।
यस सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4