News Summary
Generated by OK AI. Editorially reviewed.- इरानमा अमेरिकी तथा इजरायली आक्रमण र प्रत्याक्रमणबीच नेपालबाट हुने नियमित उडान हरेक दिन रद्द भइरहेका छन्।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दैनिक डेढ दर्जनभन्दा बढी उडान रद्द भएका छन्।
- सोमबार जजिरा एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार र हिमालय एयरलाइन्सका विभिन्न रुटका उडान रद्द भएका छन्।
२५ फागुन, काठमाडौं । इरानमा अमेरिकी तथा इजरायली आक्रमण र इरानको प्रत्याक्रमणबीच अशान्त खाडी मुलुकमा नेपालबाट हुने नियमित उडान हरेक दिन रद्द भइरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले हरेक दिन औसत डेढ दर्जन उडान रद्द भइरहेका छन् । यसले ३० भन्दा बढी आगमन र प्रस्थान गर्ने यात्रु उडान प्रभावित हुने गरेको छ ।
सोमबार जजिरा एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान रद्द भएको छ । कुवेतको सोही रुटमा निर्धारित दुई उडान रद्द भएको हो ।
त्यस्तै एयर अरेबियाको सारजहाँ–काठमाडौं–सारजहाँ उडान रद्द भएको छ । फ्लाइ दुबईको दुबई–काठमाडौं–दुबई रुटका तीन र दोहा रुटको एक उडान रद्द भएको छ ।
नेपाल एयरलाइन्सको काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दुबई–काठमाडौं रुटमा उडान रद्द भएको छ । कतारको समेत दोहा–काठमाडौं–दोहा उडान रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
हिमालय एयरलाइन्सको काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दमाम–काठमाडौं उडान रद्द भएको छ ।
प्रतिक्रिया 4