+
+
Shares

मधेशका चार प्रदेश सांसद चुनाव लड्दा एक मात्र निर्वाचित, दुईको जमानत जफत

पराजितमध्ये पूर्वमुख्यमन्त्री र मन्त्रीको जमानत नै जफत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १९:३७

२५ फागुन, जनकपुरधाम । मधेश प्रदेश सांसद पदबाट राजीनामा दिएर चुनाव लडेका पूर्वमुख्यमन्त्री र निवर्तमान सभामुखसहित तीनजना पराजित भएका छन् । एकजना मात्र निर्वाचित भएका छन् । पराजितमध्ये पूर्वमुख्यमन्त्री र मन्त्रीको जमानत नै जफत भएको छ ।

नेकपा माओवादी केन्द्रका रहबर अन्सारी पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए । उनी बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् । उनले ४१ हजार २०० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ११ हजार ६३९ मतमा सीमित भए ।

धनुषा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट चुनाव लडेका निवर्तमान सभामुख रामचन्द्र मण्डल तेस्रो स्थानमा छन् । यद्यपि, रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीले यहाँको मतगणनाको अन्तिम परिणाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

उनले ९ हजार ३१५ मत पाएका छन् । पहिलोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव १० हजार ४०३ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार रामपल्टन साह ९ हजार ५०२ मत पाएका छन् ।

सप्तरी-२ बाट उम्मेदवार बनेका पूर्वमुख्यमन्त्री सिंहको जमानत नै जफत भएको छ । त्यहाँ रास्वपाका रामजी यादव २८ हजार ४०४ मत पाएर विजयी हुँदा सिंह चौथो नम्बरमा ३ हजार ५५७ मत पाएका छन् ।

सिंहले पाएको मत ३ हजार ५५७ कूल सदर मतको ५. ६७ प्रतिशत मात्र हो । सदर मतको १० प्रतिशत नआए जमानत जफत हुने व्यवस्था छ । यस क्षेत्रमा खसेको मतमध्ये ६२ हजार ७८३ सदर खसेको छ ।

महोत्तरी-४ मा चुनाव लडेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको पनि जमानत जफत भएको छ । त्यहाँ रास्वपाका गौरी कुमारी ३० हजार १३२ मत ल्याएर निर्वाचित हुँदा पाँचौ नम्बरका साहले ५ हजार ३३६ मत मात्र पाएका छन् ।

त्यहाँ खसेको सदर मतमध्ये उनले १० प्रतिशत कटाउन सकेनन् । सो क्षेत्रमा ५९ हजार ५४५ सदर मत खसेको छ । साह मधेशका पूर्वअर्थ मन्त्री र गृह मन्त्री हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?