News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताइन्।
- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई जीवित र समावेशी संस्था बनाउन प्रयास गरिरहेका छन्।
- न्यायाधीश मल्लले न्याय सम्पादन कुनै डर, धम्कीबाट हुन नसक्ने र सुशासनका लागि समावेशी न्याय आवश्यक रहेको बताइन्।
२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चिकै एउटा जीवित र समावेशी संस्थाकै रूपमा उठाउने प्रयास गरिरहेको बताइन् ।
उनले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पारिन् ।
न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘न्यायको खोजी गर्न आउने हरेक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गरौं । न्यायको खोजी गर्न आउनेहरूको जुत्तामा आफ्नो खुट्टा राखेर अन्यायको अनुभूति गरौँ । र त्यसपछि न्यायको मर्मलाई बुझेर न्याय सम्पादन गरौं । कानुन जवसम्म मानिसको जीवनसँग जोडिँदैन, त्यो केबल कागजको खोष्ट नै हुन्छ ।’
उनले भनिन्, ‘आज न्यायाधीशहरू केवल कुर्सीमा बसेर फैसला सुनाउने मात्रै होइन, उनीहरू त नेतृत्वको मसाल बोकेर सुधारको बाटोमा पनि हिँडिराखेका छन् । यो पनि हामी सन्देश दिन चाहन्छौँ । नयाँ पुस्ताका कानुन व्यवसायीका लागि पनि कतिपय न्यायाधीशहरू प्रेरणा बनेका होलान् । पीडितको आवाजको न्यायको मूलधारमा ल्याएर न्यायिक नेतृत्वले अहिलेको नेतृत्वले पनि हाम्रो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चिकै एउटा जीवित र समावेशी संस्थाकै रूपमा उठाउन खोज्नु भएको छ ।’
प्रतिक्रिया 4