+
+
Shares

एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनाव खर्च २८ लाख

पौडेल रूपन्देही-२ मा उम्मेदवार रहेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुलभ खरेलसँग पराजित भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १७:५३

२६ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं रूपन्देही–२ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण मंगलबार सार्वजनिक गर्दै  पौडेलले चुनावमा २८ लाख सात हजार एक सय रुपैयाँ खर्च भएको दाबी गरेका छन् ।

पौडेलले सार्वजनिक गरेको खर्च विवरणमा मतदाता नामावली खरिदमा ९८ हजार, सवारी साधन भाडा र इन्धनमा आठ लाख ९७ हजार २७५, छापा तथा विद्युतीय प्रचार सामग्रीमा आठ लाख ३४ हजार रुपैयाँ, गोष्ठी र कार्यकर्ता परिचालनमा ५५ हजार, अन्तरक्रियामा ४५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै एसएमएसमा एक लाख ७५ हजार, प्रतिनिधि परिचालनमा २६ हजार पाँच सय, कार्यालय सञ्चालनमा दुई लाख ६४ हजार र विविध शीर्षकमा दुई लाख २२ हजार ३२५ रुपैयाँ खर्च भएको पौडेलले दाबी गरेका छन् ।

पौडेल रूपन्देही–२ मा उम्मेदवार रहेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुलभ खरेलसँग पराजित भएका थिए । खरेलले ५६ हजार ५५० मतसहित जित निकाल्दा पौडेल १२ हजार ८६१ मतमा रोकिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?