+
+
Shares

आधा दर्जन बाँदरलाई तड्पाउँदै ह’त्या गर्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते २०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङ प्रहरीले बाँदरहरूलाई अमानवीय तरिकाले हत्या गरेको आरोपमा २१ वर्षीय संयोग हेम्ब्यालाई पक्राउ गरेको छ।
  • फेसबुकमा भाइरल भएको बाँदर हत्या भिडियो प्रतिनिधिसभा निर्वाचनभन्दा अगाडिको घटना भएको प्रहरीले जनाएको छ।
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित बाँदर मार्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ।

बाँदरहरूलाई कटेरोमा थुनेर, कुकुरले टोकेर, लाठीले हिर्काउँदै विभत्स ढंगले हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको टोलीले सो कृत्यमा संलग्न संयोग हेम्ब्यालाई पक्राउ गरेको हो ।

बाँदरहरूलाई तड्पाउँदै अमानवीय तरिकाले कुकुरले टोकेर मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि गम्भीर ध्यानाकर्षण भएको थियो। पाँचथर हिलिहाङ गाउँपालिका–२ सिहपुर घर भई हाल ताप्लेजुङ पाथिभरा याडवरक गाउँपालिका–२ थेचम्व बस्ने २१ वर्षीय सङ्गम (संयोग हेम्ब्या) लाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

फेसबुकमा बाँदरहरूको सामूहिक हत्या गरिएको भिडियो भाइरल भएपछि धेरैले यस्तो कृत्य गर्नेलाई कारबाहीको माग गरेका थिए। प्रहरीका अनुसार यो घटना प्रतिनिधिसभा निर्वाचनभन्दा अगाडिको हो। ती बाँदरहरू खेतको बाली छेक्न बनाइएको पासोमा परेका थिए ।

वन्यजन्तुविज्ञ लक्ष्मण खनाल भन्छन्,  ‘भाइरल भिडियोमा देखिएको बाँदर रातो बाँदर होइन, आसामी/पहरे बाँदर हो-कालो रङ, ठूलो आकार, पहरोमा बस्ने, सानो समूह (८ देखि ३० को संख्यामा ) । यो हानिकारक सूचीमा छैन, पूर्ण संरक्षित छ ।’

के हुन्छ सजाय ?

वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठका अनुसार, नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र यसका संशोधनहरूले संरक्षित वन्यजन्तु जस्तै ‘आसामी रातो बाँदर’ मार्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । आसामी रातो बाँदर संरक्षित सूचीमा पर्छ, तर सामान्य जंगली रातो बाँदर (अन्य प्रजाति) संरक्षित नभए पनि ‘अन्य वन्यजन्तु’ को रूपमा दफा २६ को उपदफा ५ (घ) अनुसार अपराध गरेमा संरक्षितको सजायको आधा सजाय हुन्छ ।

सरकारले अघिल्लो महिना मात्रै जंगली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ, जसले गर्दा किसानले आफ्नो खेतबारीमा बाली नष्ट गर्ने बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाउँछन्, तर मार्न मिल्दैन । घोषणा भए पनि मारिसकेपछि वन विभागलाई तुरुन्त सूचना दिनुपर्छ, मृत शरीरलाई कुकुरलाई खुवाउन, खान वा व्यक्तिगत प्रयोग गर्न पाइँदैन ।

वन विभागले नै व्यवस्थापन गर्छ । यो घरपालुवा पशु (जस्तै: कुकुर) सम्बन्धी कानुनभन्दा फरक हो, किनकि वन्यजन्तुको परिभाषाले घरपालुवाबाहेकका स्तनधारी जनावरलाई समेट्छ ।

त्यसैले, बाली जोगाउन मार्ने अनुमति भए पनि आफूखुसी मारेर शव प्रयोग गर्नु वा सूचना नदिनु अपराध नै रहन्छ, जसमा सरकारी मुद्दा चल्न सक्छ । यो विषय नयाँ र कानुनी व्याख्या आवश्यक भएकोले वन विभाग तथा सरकारी वकिलहरूमा समेत केही अन्योल छ, तर कानुनले वन्यजन्तुको अनधिकृत मार, नियन्त्रण वा व्यापारलाई प्रतिबन्ध गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?