+
+
Shares

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुल्यो

आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकाले मात्रै भर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत प्राथमिक सेयर निष्कासन गरेको छ।
  • आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूलाई क्रमशः १२ लाख र ३ लाख ३ हजार कित्ता सेयर छुट्याइएको छ।
  • सेयर आवेदनका लागि स्थानीयले चैत ११ देखि २६ गतेसम्म र वैदेशिक रोजगारमा रहेका व्यक्तिले चैत १ देखि ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

२७ फागुन, काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई बुधबारदेखि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

जसमध्ये १२ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि निष्कासन हुन लागेको हो। सो सेयर खरिदका लागि भोजपुर जिल्लाका स्थानीयबासीले आवेदन दिन सक्नेछन्।

त्यस्तै ३ लाख ३ हजार ६७ कित्ता साधारण सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन गर्न लागेको छ ।

न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासीले छिटोमा चैत ११ गतेसम्म र ढिलोमा २६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाले छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।

कम्पनीले ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । जसको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको छ।

प्रभावितले आयोजना कार्यालय, भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंकको भोजपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?