+
+
Shares

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले 'केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२' स्वीकृत गरेको छ।
  • 'कर्णाली प्रदेश स्याउ विकास बोर्ड विधेयक'को मस्यौदा तर्जुमाको सैद्धान्तिक स्वीकृतिको अवधारणापत्र पनि स्वीकृत गरिएको छ।

२९ फागुन, कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२’ लाई स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय भएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

त्यसैगरी ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड विधेयक’को मस्यौदा तर्जुमाको सैद्धान्तिक स्वीकृतिको अवधारणापत्र स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?