कला इतिहासमा प्राय: पुरुषको नाम नै अघि आउने गर्छ । तर सबै अवस्थामा पुरुषहरू मात्रै चित्रकार थिएनन् । महिलाहरू पनि उस्तै नामी चित्रकारहरू थिए । तर, आफ्नो कलामा जस नपाउँदा इतिहासमा उनीहरूले आफ्नो चित्र भन्न पााएन् ।
जस्तो, द ट्रायम्फ अफ ब्याकअस शताब्दीयौंसम्म अरुकै नाममा रह्यो । १६२९ को यो ओइल पेन्टिङ निकै वास्तविक छ । यसमा भएका सब्जेक्टहरूले रक्सी खाइरहेका छन् ।
हालै मात्र यो चित्र मिचेलिना वाटियर नामक महिला चित्रकारले बनाएको पुष्टि भएको छ । उनको सम्मानमा लन्डनको रोयल एकेडेमीमा यो सहित अन्य कलालाई लिएर एउटा ठूलो प्रदर्शनी समेत हुँदैन ।
यो लेखमा उनी जस्तै मार्कामा परेका अन्य महिला चित्रकारहरू र उनीहरूको कलाकृतिको चर्चा गरिने छ:
द ट्रायम्फ अफ ब्याकअस : मिचेलिना वाटियर
सन् १९९३ मा भियनाको कुन्थिस्टोरिचेस म्युजियमको भण्डारमा अनुसन्धान गर्ने क्रममा कला इतिहासकार काट्लिन भान डेर स्टिघलेनले यो चित्र फेला पारेकी थिइन् । चित्रमा हस्ताक्षर भने थिएन । तर चित्रमा जुन भव्यता थियो, त्यसको आधारमा अहिलेसम्म किन यो लुकेर नै बस्यो भन्ने प्रश्न उनको मनमा खेलिरह्यो । त्यसको एउटै कारण, यो चित्र एउटी महिलाले बनाएकी थिइन् ।

कुन्थिस्टोरिचेस म्युजियमका क्युरेटर गुस्ताभ ग्लकले यो कुनै महिलाको काम हुनै सक्दैन भनेर घोषणा गरेका थिए । यद्यपि पछि मात्र यो चित्र वाटियरको भएको पुष्टि भएको हो । यो चित्रमा वाटियर आफू पनि देखेकी छिन्, चित्रको दायाँतिर । त्यहाँ उनी निडर, योद्धा जस्तै र अर्धनग्न शरीरमा देखिएकी छिन् ।
उनको यो कामको श्रेय उनका भाइलाई दिइएको थियो । यो बाहेक उनका अन्य कलाकृतिहरू समेत अन्य कलाकारहरूको नाममा गएको थियो । वाटियरलाई अहिले ‘यस शताब्दीको सबैभन्दा ठूलो कलात्मक पुनर्खोज’ भनिएको छ ।
सेल्फ पोर्ट्रेट एज सेन्ट क्याथरिन अफ अलेक्जान्ड्रिया : आर्टेमिसिया जेन्टिलेस्की
आर्टेमिसिया जेन्टिलेस्की भावना बढी झल्कने महिलाहरूको चित्र कोर्दा किशोरी नै थिइन् । कामले गर्दा उनको माग धेरै थियो । तर, १७०० को दशकमा बारोक शैलीको क्रेज घटेपछि उनी ओझेलमा परिन् । त्यसपछि यो चित्रको जस पनि उनले पाइनन् । उनका पिता ओराजियो वा उनका साथी काराभाजियोको काम भएको भनियो ।

सन् २०१७ मा मात्र यो चित्रलाई आर्टेमिसियाको हो भनी आधिकारिकता दिइएको थियो । चित्रमा उनले आफूलाई चौथो शताब्दीकी शहीद सेन्ट क्याथरिनको रूपमा प्रस्तुत गरेकी छिन् । यो चित्रले उनको आफ्नै पीडादायी अनुभव (बलात्कारबाट बाँचेकी र अदालतमा पीडकको सामना गर्दा यातना भोगेकी) लाई प्रतिध्वनित गर्छ ।
सन् २०२३ मा उनको अर्को कृति सुसान्ना एन्ड द एल्डर्स शाही संग्रहमा पुन: फेला पर्यो । उनले सन् १६४९ मा एक संकलकलाई लेखेकी थिइन्– म तपाईंलाई देखाउँनेछु कि एउटी महिलाले के गर्न सक्छे ।
द कराउजिङ कपल (१६३०) : जुडिथ लेस्टर
डच चित्रकार जुडिथ लेस्टर आफ्नो जीवनकालमा निकै सम्मानित थिइन् । तर उनको मृत्युपछि उनको ख्याति उनका वरपरका पुरुषहरूले छायामा पारिदिए । प्राय: उनको कामलाई पति जान मिएन्स मोलेनर वा फ्रान्स हाल्सकोको हो भनेर भन्न थालियो ।

सन् १८९२ मा एक कला व्यापारीले फ्रान्स हाल्सको हस्ताक्षरमुनि ‘जेएल’ अक्षर र एउटा तारा (उनको नामको अर्थ ‘ध्रुवतारा’ हुने भएकोले) फेला पारेपछि मात्र सत्य बाहिर आएको थियो । धेरै महिला कलाकारहरू जस्तै उनको करियर पनि पुरुषहरूको तुलनामा छोटो रह्यो । किनकि पाँच सन्तान हुर्काउने र पतिको काममा सहयोग गर्ने जिम्मेवारीले उनलाई थियो ।
ब्यारोनेस एल्सा भोन फ्रेयटाग र मोर्टन शामबर्ग : ‘गड’
१९औं र २०औं शताब्दीमा महिला कलाकारहरूलाई सिकारु वा यस्तै केही भनेर बेवास्ता गर्ने गरिन्थ्यो । अझ धेरै महिलाहरूलाई त प्रेरणाको स्रोत मान्ने गरिन्थ्यो । यसै बीचमा ओझेलमा परेकी एक साहसी कलाकार थिइन्, जर्मन चित्रकार र कवि ब्यारोनेस एल्सा । उनले आफ्नो कपाल खौरिएर टाउकोमा रातो रङ्ग लगाउने र कवाडका सामानबाट बनेका अनौठा लुगाहरू लगाउने गर्थिन् ।

उनको कलाकृति गड एउटा फलामको प्लम्बिङ पाइपलाई उल्टो पारेर बनाइएको थियो । यसलाई सुरुमा मोर्टन शामबर्गको काम मानिन्थ्यो । तर सन् २००० को दशकमा आएर मात्र आधिकारिक रूपमा ब्यारोनेसको नाम जोडिएको हो । केही विद्वानहरूले त मार्शल डचेम्पको प्रसिद्ध कलाकृति फाउन्टेन (एउटा पिसाब गर्ने भाँडो) पनि वास्तवमा ब्यारोनेसकै सिर्जना थियो भन्ने बताउँछन् ।
मार्गरेट किन : ‘टुमरो फरेभर’ (१९६३)
सन् २०१४ को फिल्म ‘बिग आइज’ले अमेरिकी कलाकार मार्गरेट किनको कथा बताउँछ। सन् १९६० को दशकमा ठूलाठूला आँखा भएका केटाकेटीका चित्रहरू निकै लोकप्रिय थिए, तर ती चित्रहरू कुनै पुरुषले बनाएको विश्वास गरिन्थ्यो । लेखक हेलेन गोरिलका अनुसार पुरुषले हस्ताक्षर गरेको चित्रको मूल्य बढ्थ्यो भने महिलाको हकमा त्यसको उल्टो हुन्थ्यो ।

मार्गरेट लजालु स्वभावकी थिइन् । तर उनका श्रीमान् वाल्टर कुरा गर्न र सामान बेच्न सिपालु थिए । वाल्टरले मार्गरेटलाई दबाब दिएर सबै चित्रको श्रेय आफैँले लिए । मार्गरेटले चित्रमा आफ्नो थर ‘किन’ मात्र लेख्ने गर्थिन् ।
सम्बन्धविच्छेद पछि यो कुरा अदालतसम्म पुग्यो । न्यायाधीशले दुवैलाई अदालतभित्रै चित्र बनाउन लगाए । वाल्टरले आफ्नो ‘काँध दुखेको’ बहाना बनाएर केही पनि कोरेनन् । तर मार्गरेटले एक घण्टाभित्रै सबैले चिन्ने खालको ठूला आँखा भएको बच्चाको चित्र बनाइन् । र आफू नै वास्तविक कलाकार भएको प्रमाणित गरेकी थिइन् ।
प्रतिक्रिया 4