+
+
Shares

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

बूढानीलकण्ठस्थित क्षतिग्रस्त घर भत्काउन रोक

प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ।
  • देउवा र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भएको छ र बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काममा प्रहरीले रोक लगाएको छ।
  • सत्ताको आडमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवार विरुद्ध उजुरी परेको र अनुसन्धान विभागले प्रमाण संकलन गर्दैछ।

१५ चैत, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन भएको छ ।

प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।

सत्ताको आडमा अस्वभाविक र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको हो ।

गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार, पछिल्लो एक/डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरणहरू संकलन भएको छ ।

शेरबहादुर देउवाका नातेदार प्रदिपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको स्रोतले बतायो ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको संलग्नता, नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चारसचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारबारे उजुरीको छानबिन भइरहेको हो’ शम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतले भन्यो, ‘त्यसैको सिलसिलामा बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काममा रोक लगाइएको हो ।’

शेरबहादुर देउवा परिवारले बूढानीलकण्ठमा एउटा कम्पाउण्डभित्र दुईवटा बंगला बनाएका थिए । त्यसबारेमा यसअघि नै उजुरी परेको थियो । जेनजी आन्दोलनका क्रममा देउवा परिवारमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।

केही दिनदेखि देउवा परिवारको निर्देशनमा कामदारहरु परिचालन गरेर क्षतिग्रस्त भवन भत्काउने काम भइरहेको थियो । प्रहरी सम्वद्ध स्रोतले भन्यो, ‘भवनमाथिको अनुसन्धानमा असर पर्ने र प्रमाण लोप हुनसक्ने आशंका भएपछि उच्चपदस्थ अधिकारीहरुको निर्देशनमा घर भत्काउन रोक लगाइएको हो ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?