+
+
Shares

ओली र लेखकको म्याद थपको बहस सकियो

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि जिल्ला अदालत काठमाडौंमा बहस सकिएको छ।
  • सरकारी वकिलले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेका थिए भने अदालतले केहीबेरमा निर्णय सुनाउने जनाएको छ।
  • ओली र लेखकलाई जेनजी आन्दोलनको दमनबारे आयोगले फौजदारी मुद्दामा कारबाही सिफारिस गरेपछि पक्राउ गरिएको हो।

१५ चैत, काठमँडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ ।

आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सकिएको हो ।

उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो । त्यसपछि बहस सुरु भएको थियो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो (शनिबार) बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो ।

आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए ।

केहीबेरमा म्याद थपको निवेदनमाथि इजलासले निर्णय सुनाउने अदालतले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?