News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको राजनीतिक प्रतिशोधका आधारमा पक्राउ भएको भन्दै रिहाइको माग गरेका छन्।
- भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको सांसदहरूले दाबी गरेका छन्।
- सांसदहरूले नयाँ सरकारले फरक विचार राख्ने नेताहरूप्रति राजनीतिक प्रतिशोध साध्न थालेको भन्दै यसले देशमा अस्थिरता ल्याउने चेतावनी दिएका छन्।
१५ चैत, विराटनगर । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् ।
भदौ २३ र २४ गतेको घटना दमन गरेको आरोपमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखक शनिबार पक्राउ परेका थिए । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् ।
भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको सांसदहरूको दाबी छ ।
बैठकको शून्य समयमा बोल्दै सांसद डोल्मा तामाङ, सिर्जना राई, किशोरचन्द्र दुलाल,मीना श्रेष्ठ,गीतादेवी रेग्मी,खगेश्वरी पौडेल र होमबहादुर थापाले नयाँ सरकारले गठन भएको २४ घण्टा नबित्दै धरपकड सुरु गर्नु गलत भएको भन्दै पक्राउ परेका नेताको रिहाइको माग गरे ।
नयाँ सरकारले फरक विचार राख्ने नेताहरूप्रति राजनीतिक प्रतिशोध साध्न थालेको भन्दै सांसदहरूले यसले देशमा अस्थिरता ल्याउने चेतावनी दिए ।
बैठकको विशेष समय लिएर बोल्दै एमाले सांसद तिलकुमार मेन्याङ्बोले नेताहरूको गिरफ्तारी आपत्तिजनक भएको बताए ।
राजनीतिक इतिहासमा ठुला परिवर्तनपछि उठेका विषयलाई दलहरूले सावधानीपूर्वक हल गर्दै आएको इतिहास रहेको बताउँदै उनले धरपकड नगर्न आग्रह गरे ।
उनले भदौ २३ र २४ को घटना छानविन गर्न बनेको आयोगको प्रतिवेदनले देशलाई द्वन्द्वमा धकेल्ने काम गरेको बताए ।
प्रतिक्रिया 4