+
+
Shares

अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गर्ने तयारी गरिरहेको छ : इरानी सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानका सभामुख मोहम्मद बागेर कालिबाफले अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गर्ने गोप्य योजना बनाइरहेको आरोप लगाएका छन्।
  • अमेरिकी पत्रिका 'वासिङ्टन पोस्ट' ले पेन्टागनले इरानमा सम्भावित 'ग्राउन्ड अफेन्सिभ' को खाका तयार पारिरहेको पुष्टि गरेको छ।
  • एसियाबाट हजारौँ अमेरिकी सैनिक मध्यपूर्वमा तैनाथ गरिनुले युद्धको जोखिम बढेको छ र राष्ट्रपति ट्रम्पले अन्तिम स्वीकृति दिने वा नदिने अन्योल छ।

इरानका सभामुख मोहम्मद बागेर कालिबाफले आइतबार एक सनसनीपूर्ण दाबी गर्दै अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गर्ने गोप्य योजना बनाइरहेको बताएका छन्।

सरकारी समाचार एजेन्सी ‘इर्ना’ मार्फत जारी बयानमा कालिबाफले अमेरिकाले बाहिर वार्ता र कूटनीतिको कुरा गरे पनि भित्रभित्रै सैन्य हमलाको तयारी गरिरहेको आरोप लगाएका छन् ।

उनले चेतावनी दिँदै भनेका छन्, ‘हाम्रा सिपाहीहरू अमेरिकी सेनालाई आगोमा जलाउन र उनका क्षेत्रीय सहयोगीहरूलाई सदाका लागि पाठ सिकाउन पर्खिरहेका छन्।’

कालिबाफले देश अहिले “महासंकटको घडी” मा रहेको भन्दै इरानी जनतालाई एकजुट हुन आह्वान समेत गरेका छन्।

यसैबीच, अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ ले पनि पेन्टागनले केही हप्तादेखि इरानमा सम्भावित ‘ग्राउन्ड अफेन्सिभ’ को खाका तयार पारिरहेको पुष्टि गरेको छ।

यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सैनिकहरूलाई विदेशी युद्धमा नपठाउने पुरानो बाचाका कारण यसलाई अन्तिम स्वीकृति दिने वा नदिने भन्नेमा अन्योल छ।

विदेशमन्त्री मार्को रुबियोले शुक्रबार मात्रै अमेरिकाले हवाई हमलाबाटै आफ्ना लक्ष्यहरू पूरा गर्न सक्ने र ‘बुट अन द ग्राउन्ड’ को आवश्यकता नभएको बताएका थिए।

तर, पछिल्ला हप्ताहरूमा एसियाबाट हजारौँ अमेरिकी मरिन्स र ‘८२औँ एयरबोर्न डिभिजन’ का प्याराट्रुपरहरू मध्यपूर्वमा तैनाथ गरिनुले युद्धको जोखिम झन् बढाएको छ।

सामरिक विज्ञहरूका अनुसार अमेरिकाले इरानको ९० प्रतिशत तेल निर्यात हुने मुख्य केन्द्र ‘खर्ग टापु’ लाई निशाना बनाउन सक्छ, जुन टापुमाथि कब्जा जमाउने इच्छा राष्ट्रपति ट्रम्पले सन् १९८८ देखि नै राख्दै आएका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?