+
+
Shares

जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जरको समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते ८:०३

१६ चैत,  विराटनगर  । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच शनिबार  एक आपसमा गाभिने (मर्जर)  सम्झौता भएको हो ।

सम्झौता पत्रमा जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदी र युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरीले हस्ताक्षर गरेका छन् ।

मोरङको कटहरी गाउँपालिका– २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकासले १६० शाखा कार्यालय मार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ३ लाख १५ हजार बढी सदस्यलाई घरदैलोमा पुगेर लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका– ११ मा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त पश्चिम नेपालको १० जिल्लामा ८० हजार बढी सदस्यलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ । मर्जरपछि पनि सेवा क्षेत्र पूर्वी नेपालको झापादेखि पश्चिम नेपालको कन्चनपुरसम्म हुनेछ ।

युनिक नेपालले बाँके, बर्दिया, कैलाली, कन्चनपुर, नवलपरासी रुपन्देही कपिलबस्तु दाङ सुर्खेत र डडेलधुरामा ४१ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

मर्जरपछि संस्थाको पुँजीगत आधार सेवा क्षेत्र थप बलियो हुनेछ ।  मर्जर प्रक्रिया अघि बढेसँगै नेपाल धितोपत्र बोर्डको व्यवस्था बमोजिम दुवै संस्थाका आधारभूत शेयर कारोबार रोक्का गरिएको छ । संस्थाको आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि यी शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने जानकारी गराइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?