+
+
Shares

सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

‘आज समय पुगेसम्म समूहमा छलफल गर्ने, नभ्याइएका सांसदहरूसँग फेरि अर्को दिन उहाँ (प्रधानमन्त्री) ले छलफल गर्नुहुनेछ,’ सचिवालयका एक सदस्यले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार कर्णाली प्रदेशका सांसदहरूसँग छलफल सुरु गरेका छन्।
  • प्रधानमन्त्रीले आज अन्य प्रदेशका सांसदहरूसँग पनि समूहगत छलफल गर्ने तयारी गरेका छन्।
  • प्रधानमन्त्रीले मन्त्रीहरूसँग योजना छलफल गर्दै कुनै अलमलमा नपरी काम अघि बढाउन भनेका थिए।

१६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल थालेका हुन् ।

उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ ।

आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रदेश अनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्री शाहको छ ।

‘आज समय पुगेसम्म समूहमा छलफल गर्ने, नभ्याइएका सांसदहरूसँग फेरि अर्को दिन उहाँ (प्रधानमन्त्री) ले छलफल गर्नुहुनेछ,’ सचिवालयका एक सदस्यले भने ।

यसअघि हिजो प्रधानमन्त्री शाहले आफ्नो क्याबिनेटका मन्त्रीहरूसँग छलफल गरेका थिए ।

छलफलका क्रममा उनले मन्त्रीहरूको योजना सुन्दै कुनै अलमलमा नपरी काम अघि बढाउन भनेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?