+
+
Shares

धनकुटामा लागुऔषध सेवन र कारोबार निरन्तर उकालो

‘ब्रुपिनर्फिन, डाइजिपाम लगायतका लागुपदार्थ भारतबाट भित्रिने देखिन्छ भने, गाँजाको खेती धनकुटामै हुने गरेको पाइएको छ,’ उनले भने ।

ईश्वर थापा ईश्वर थापा
२०८२ चैत १६ गते १४:०९

१६ चैत, धनकुटा । धनकुटा जिल्लामा पछिल्ला वर्षमा लागुऔषध सेवन तथा कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०८२/८३ सम्मको अवधिमा मुद्दा दर्ता संख्या, पक्राउ पर्ने व्यक्ति तथा बरामद हुने लागुऔषधको परिमाण निरन्तर बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध सम्बन्धी ५ मुद्दा दर्ता हुँदा ७ जना पक्राउ परेका थिए । सो वर्ष ६६० मिलिग्राम खैरो हेरोइन र १४५ एम्पुल डाइजेल्याब बरामद भएको थियो ।

यस्तै आव ०७८/७९ मा मुद्दा संख्या १० पुग्दा २० जना पक्राउ परेका थिए । सो अवधिमा २५० मिलिग्राम खैरो हेरोइन, २९ किलो ५ सय ग्राम गाँजासहित अन्य लागुऔषध पनि बरामद गरिएको थियो ।

अर्को आव ०७९/८० मा २१ मुद्दा दर्ता र ३६ जना पक्राउ परेका थिए । सो वर्ष ४५० मिलिग्राम खैरो हेरोइन, ४ किलो २९ ग्राम गाँजा, एक हजार ७२० ट्याब्लेट क्याप्सुल, ३ एम्पुल र ३ बोतल कोरेक्स बरामद गरिएको थियो ।

यस्तै आव ०८०/८१ मा २० वटा मुद्दा दर्ता हुँदा ३० जना पक्राउ परेका थिए । यस अवधिमा ३ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन, २५ किलो ६५ ग्राम गाँजा र ४ हजार २८७ ट्याब्लेट क्याप्सुल बरामद गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

गत आव ०८१/८२ मा ५७ मुद्दा दर्ता हुँदा ५८ जना पक्राउ परेका थिए । यस्तै २० ग्राम २२४ मिलिग्राम खैरो हेरोइन, ४१४ किलो २१० ग्राम गाँजा र ४ हजार ८५ ट्याब्लेट क्याप्सुल बरामद गरिएको थियो ।

चालु आव ०८२/८३ मा हालसम्म १५ वटा मुद्दा दर्ता भइसकेका छन् भने ३१ जना पक्राउ परेका छन् । हालसम्म १५ ग्राम २६५ मिलिग्राम खैरो हेरोइन, ७ किलोग्राम गाँजा र २ हजार ८० ट्याब्लेट क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शरतकुमार थापा क्षेत्रीका अनुसार लागुऔषध नियन्त्रणका लागि कडाइ बढाइएपछि पक्राउ पर्ने र बरामद हुने परिमाणमा वृद्धि देखिएको हो ।

लागुऔषधमा निगरानी गर्न सादा पोसाकका प्रहरी तथा अन्य सुरक्षा निकायको सहकार्यमा काम अपरेसन चल्ने गरेको उनले बताए । यस्तै तेह्रथुम, संखुवासभा, पाँचथर र भोजपुर जिल्लासँग समन्वय गरी फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई तीव्रता दिइएको उनले बताए ।

एसपी थापाका अनुसार लागुऔषध प्रयोगकर्ता तथा कारोबारी अधिकांश बेरोजगार, किशोर तथा युवा विद्यार्थी रहेको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?