News Summary
Generated by OK AI. Editorially reviewed.- जुम्लामा जातीय विभेद गरेको आरोपमा कविता बुढा पक्राउ परेकी छन्।
- उनीमाथि राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ।
- घटना कालेखोलीस्थित होटलमा भएको र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
१६ चैत, जुम्ला । जुम्लामा जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् ।
जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-३ की कविता बुढा रहेकी छन् ।
उनीमाथि जुम्लाकै राजबहादुर सुनारमाथि जातीय विभेद गरेको आरोप छ ।
आइतबार जुम्ला सदरमुकाम कालेखोलीस्थित एउटा होटलमा राजबहादुर सुनारमाथि उनले अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
घटनाको भिडियो बाहिरिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए ।
उनका अनुसार पीडित पक्षबाट जाहेरी भने आइनसकेको छैन ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4