+
+
Shares

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध गैरकानुनी रुपमा मुद्दा चलाइएको भन्दै दायर प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध गैरकानुनी मुद्दा चलाइएको प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ।
  • ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको छ।
  • ओली र लेखकलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला अदालतले पाँच दिन हिरासत अनुमति दिएको छ।

१६ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध गैरकानुनी रुपमा मुद्दा चलाइएको भन्दै दायर प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको हो ।

‌ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले आइतबार छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पेस गरेका थिए ।

गत भदौ २३ र २४ गते भएको घटनामा भएको जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक चैत १४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

दुवैजनालाई जिल्ला अदालत, काठमाडौंले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?