News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष कर्णाली प्रदेशका लागि ९ बुँदे माग राखेका छन्।
- प्रधानमन्त्री बालेन्द्रले कर्णालीको दीगो तथा समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको र आवश्यक सहयोग दिने आश्वासन दिएका छन्।
- कर्णाली प्रदेशबाट निर्वाचित सबै सांसदहरू उक्त भेटमा उपस्थित थिए।
१६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)समक्ष ९ बुँदे माग राखेका छन् ।
प्रधानमन्त्री बालेन्द्रले सांसदहरूसँग प्रदेशगत रुपमा परामर्श लिइरहेका छन् । यसक्रममा शाहीले प्रधानमन्त्रीसमक्ष कर्णाली प्रदेशको विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका विषय उठाएका हुन् । त्यसक्रममा उनले रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको सदुपयोग लगायतका ९ बुँदे माग प्रस्तुत गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री बालेन्द्रले कर्णालीको दीगो तथा समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । आवश्यक नीतिगत तथा संरचनागत सहयोग प्रदान गर्ने आश्वासन दिए ।
उक्त भेटमा कर्णाली प्रदेशबाट निर्वाचित सबै सांसदहरू उपस्थित थिए ।



प्रतिक्रिया 4