News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भदौ २३ र २४ गतेको प्रतिवेदनको कार्यान्वयन कानुनसम्मत भएको बताएको छ।
- सरकारका प्रवक्ता सस्मीत पोखरेलले भदौ २४ गतेको घटनामा धेरै पक्राउ परिसकेको र मुद्दा चलिसकेको बताएका छन्।
- २३ गतेको घटनामा कोही पनि पक्राउ नपरेको र प्रतिवेदनअनुसार कार्यान्वयन गरिएको उनले स्पष्ट पारेका छन्।
१६ चैत, काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको प्रतिवेदनको कार्यान्वयन कानुनसम्मत भएको बताएको छ । सोमबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मीत पोखरेलले यस्तो बताएका हुन् ।
‘भदौ २४ गतेको घटनाको कुरा आइरहेको छ । यस दिनको घटनाको धेरै पक्राउ परिसकेको अवस्था छ । धेरैलाई मुद्दा चलिसकेको छ,’ उनले भने, ‘२३ गतेको घटनाको कोही पनि पक्राउ परेका थिएनन् । हामीले प्रतिवेदनअनुसार कार्यान्वयन गरेका हौं । राज्यका निकाय र अंगले गर्ने कामहरू कानुनसम्मत हुन्छन् हामी हस्तक्षेप गर्दैनौं ।’
उनले २४ गतेको घटनाको जाँचबुझ गर्न छुट्टै समिति बनाउने विषयमा कानुनी परामर्श भइरहेको पनि बताए । उनले भने, ‘जाँचबुझ गर्न समिति गठन प्रक्रिया अघि बढिसकेको छ । कुन ढंगको गर्ने, कसरी गर्ने भन्नेबारे कानुनी परामर्शमा अघि बढेको छ ।’
प्रतिक्रिया 4