+
+
Shares

‘प्राइस सिलिङ’ लागु गर्ने देशलाई तेल नबेच्ने रुसको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसी उपविदेशमन्त्री एन्द्रेई रुदेन्कोले रुसी तेलमा 'प्राइस सिलिङ' कायम राख्ने देशहरूलाई रुसले तेल आपूर्ति नगर्ने स्पष्ट पारेका छन्।
  • रुदेन्कोले जापानको मूल्य सीमालाई 'बजार विरोधी र आपूर्ति शृङ्खला ध्वस्त पार्ने उत्तेजक कदम' भनेका छन्।
  • रुसले आधिकारिक अपील गरेमा मात्र सम्बन्ध र आर्थिक स्वार्थ हेरेर तेल आपूर्ति गर्ने बताएको छ।

१७ चैत, काठमाडौं । रुसी उपविदेशमन्त्री एन्द्रेई रुदेन्कोले रुसी तेलमा ‘प्राइस सिलिङ’ (मूल्यको सीमा) कायम राख्ने देशहरूलाई रुसले कुनै पनि हालतमा तेल आपूर्ति नगर्ने स्पष्ट पारेका छन्।

‘इजभेस्टिया’ पत्रिकासँगको अन्तर्वार्तामा रुदेन्कोले जापान सरकारले रुसी तेलमा लगाएको मूल्य सीमालाई ‘बजार विरोधी र आपूर्ति शृङ्खला ध्वस्त पार्ने उत्तेजक कदम’ को संज्ञा दिएका छन्।

उनले भनेका छन्, ‘अहिले ऊर्जा बजार निकै अस्थिर छ, अभाव र मूल्य वृद्धि बढ्दो छ, यस्तो अवस्थामा रुसले आफ्नो राष्ट्रिय आर्थिक हितको रक्षाका लागि यस्ता उक्साहटपूर्ण कदमलाई समर्थन गर्नेहरूलाई तेल बेच्ने छैन।’

उपविदेशमन्त्री रुदेन्कोका अनुसार जापान र अन्य पश्चिमा देशहरूले लगाएको यो प्रतिबन्धले विश्वव्यापी ऊर्जा सुरक्षामा थप चुनौती थपेको छ।

यदि कुनै देशले तेल आपूर्तिका लागि आधिकारिक रूपमा अपील गरेमा रुसले ती देशहरूसँगको सम्बन्धको अवस्था र आफ्नो आर्थिक स्वार्थलाई ध्यानमा राखेर मात्र विचार गर्ने बताइएको छ।

हाल पश्चिम एसियाको युद्ध र हर्मुज जलसन्धि बन्द भएका कारण विश्वभर इन्धनको मूल्य प्रतिलिटर २ युरो नाघ्ने खतरा बढिरहेका बेला रुसको यो चेतावनीले विश्व अर्थतन्त्रमा थप हलचल पैदा गरेको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?