News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा नोटबन्दी नगर्ने स्पष्ट पारेका छन्।
- वाग्लेले भ्रष्टाचार नियन्त्रणका लागि नोटबन्दी उपयुक्त विकल्प नभएको बताएका छन्।
- भारतले २०७३ कात्तिक २३ गते गरेको नोटबन्दीले अर्थतन्त्रलाई क्षति पुर्याएको रिजर्भ बैंक अफ इन्डियाले निष्कर्ष निकालेको छ।
१७ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा नोटबन्दी नगर्ने स्पष्ट पारेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि पनि नोटबन्दी गर्नुपर्ने आवाज सतहमा आएपछि मन्त्री वाग्लेले त्यो उपयुक्त विकल्प नभएको स्पष्ट पारे ।
केही नीति निर्माण तहका अधिकारीले पनि नोटबन्दीलाई भ्रष्टाचार नियन्त्रणको विकल्पको रुपमा सुझाउने गरेका थिए । तर, जेनजी आन्दालेनपछि करिब दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति समेत रहेका वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा यस्तो स्पष्ट पारेका हुन् ।
मन्त्री वाग्लले समाजिक सञ्जाल एक्समा नोटबन्दी गर्न सुझाउनेलाई आफूले त्यसो नगर्ने स्पष्ट पारेका हुन् । नोटबन्दीको सन्दर्भ पहिलेदेखि नै उठे पनि विगतका सरकार समेत सकारात्मक देखिएका थिएनन् ।

नोटबन्दी गर्न सुझाउने अधिकारीहरूले अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम औपचारिक अर्थतन्त्रमा आउन सक्ने तर्क गर्दै आएका छन् । यसअघि वि.सं. २०७३ कात्तिक २३ गते भारतले कालो धन बाहिर ल्याउने भन्दै नोटबन्दी गरेको थियो । तर, त्यसले अर्थतन्त्रलाई थप क्षति पुर्याएको तर्क हुने गरेको छ ।
भारतको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया) ले ठूला भारुका नोटमा लगाइएको प्रतिबन्ध असफल भएको निष्कर्ष निकालेको थियो । भारतमा नोटबन्दी गर्दा त्यसको फाइदाभन्दा पनि उल्टै खर्च बढी लागेको थियो । भारत बाहेक कतार, म्यानमार सरकारले पनि यसअघि नोटबन्दी गरेका थिए ।
विगतमा अर्थ मन्त्रालय सम्हालिसकेका व्यक्तिले समेत नोटबन्दी गरेर गैरकानुनी आम्दानी तथा लुकाइएको पैसा बाहिर ल्याउन आवश्यक रहेको बताउने गरेका थिए । नेपालमा बैंकिङ प्रणालीभन्दा बाहिर कति पैसा छ भन्ने यकिन छैन । पछिल्ला केही वर्षयता विद्युतीय कारोबारको विस्तारसँगै नगद सर्कुलेसन निरन्तर रुपमा घट्दै गएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया 4