+
+
Shares

पूर्णबहादुर खड्काको ब्रिफिङ : हाम्रा समानुपातिक उम्मेदवार हटाइए, अदालत गएका छौं

‘विशेष महाधिवेशनवालाले नियमित विपरीत काम गरे । समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटा को ७ नम्बरमा नाम भएको कालीबहादुर सहकारीलाई राखियो,’ उनले बैठकमा भने, ‘हाम्रो उम्मेदवारहरु कोर्टमा गएका छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको समानुपातिक सांसद छनोटमा नियमविपरीत काम भएको ब्रिफिङ गरेका छन्।
  • खड्काले दलित कोटाबाट समानुपातिक सूचीमा परेका मानबहादुर नेपाली पनि अदालत गइसकेको जानकारी गराएका छन्।
  • विशेष महाधिवेशनपछि कांग्रेसभित्रको द्वन्द्व बढेको र पार्टी प्रवक्ता देवराज चालिसेले चेतावनी दिएका छन्।

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको संस्थापन समूहले नियमविपरीत काम गरेको ब्रिफिङ गरेका छन् । काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा आफ्ना समूहका नेताहरूको भेलालाई सम्बोधन गर्दै उनले समानुपातिक सांसद छनोटमा नियमविपरीत काम गरेको ब्रिफिङ गरेका हुन् ।

‘विशेष महाधिवेशनवालाले नियमित विपरीत काम गरे । समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटा को ७ नम्बरमा नाम भएको कालीबहादुर सहकारीलाई राखियो,’ उनले बैठकमा भने, ‘हाम्रो उम्मेदवारहरु कोर्टमा गएका छन् ।’

उनले दलित कोटाबाट समानुपातिक सूचीमा परेका उम्मेदवार मानबहादुर नेपाली पनि अदालत गइसकेको जानकारी गराए ।

‘दलित कोटाको मानबहादुर नेपाली पनि कोर्ट (अदालत) जानुभएको छ’ खड्काले बैठकमा भने ।

पार्टीका तत्कालीन महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्मासहितको समूहले गत माघ १ गते विशेष महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसभित्रको द्वन्द्व बढ्दो छ । अहिले विशेष पक्षविरुद्ध कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूह एकढिक्का छन् ।

उनीहरूले लगातार संयुक्त छलफल गरिरहेका छन् । उता पार्टी केन्द्रीय प्रवक्ता देवराज चालिसेले भने छुट्टै भेला गरिरहेको यो समूहलाई पार्टी अनुशासन स्मरण गराउँदै चेतावनी दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?