+
+
Shares

बुटवलमा बस र ई–रिक्सा ठोक्किँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ कालिकापथमा माइक्रो बस र ई–रिक्सा ठोक्किँदा गोविन्द विकको मृत्यु भएको छ।
  • घाइते कृतिका आले मगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
  • माइक्रो बस चालक साजन परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

१७ चैत, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ कालिकापथमा विद्युतीय माइक्रो बस र ई–रिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ई–रिक्सा चालक अर्घाखाँची पाणिनी गाउँपालिका–१ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ३२ वर्षीय गोविन्द विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

दुर्घटनामा परी ई–रिक्सामा सवार बुटवल–२ मैनाबगरकी २३ वर्षीया कृतिका आले मगर घाइते भएकी छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तिनकुनेबाट बसपार्कतर्फ आउँदै गरेको बाप्र०३००१ ज १२२९ नम्बरको ईभी माइक्रो बस र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ४४३४ नम्बरको ई–रिक्सा एकआपसमा ठोक्किएका थिए ।

घटनापछि माइक्रो बस चालक चितवन भरतपुर महानगरपालिका–१५ रामपुरका ३४ वर्षीय साजन परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?