News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित पूर्व-पश्चिम सडकखण्डमा दुई मोटरसाइकल ठोक्किँदा एकता वैद्यको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोनिक कार्की र पुष्पलाल गुरुङलाई उपचार भइरहेको छ।
- दुर्घटनामा संलग्न ट्रक चालक बद्री गडरिया प्रहरीको नियन्त्रणमा रहेका छन्।
१८ चैत, हेटाैंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित पूर्व-पश्चिम सडकखण्डमा आज बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मकवानपुर प्रहरीका अनुसार हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्रदेश ३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा प्रदेश ३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हेटौंडा-९ घर भएकी १८ वर्षीया एकता वैद्यकाे मृत्यु भएकाे छ ।
माेटरसाइकलसँग ठक्करपछि मृतक वैद्य सोही दिशाबाट आउँदै गरेको ना ६ ख ३१४५ नम्बरको सिमेन्ट बोकेको ट्रकमा ठोक्किन पुग्दा टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियाे । उनको हेटाैंडा अस्पतालमा उपचारकाे क्रममा मृत भएको हो ।
दुर्घटनामा साेही माेटरसाइकलका चालक हेटौंडा-४ कर्रा निवासी १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् ।
अर्को मोटरसाइकलका चालक चितवन इच्छाकामना गाउँपालिका-५ बदेलटार निवासी २१ वर्षीय पुष्पलाल गुरुङ मध्यम घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
दुर्घटनामा संलग्न ट्रक चालक बाँके कोहलपुर नगरपालिका-१४ निवासी ३३ वर्षीय बद्री गडरिया प्रहरीकाे नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया 4