+
+
Shares

अन्तरिम संविधानदेखि कांग्रेसले बाटो बिराउँदा अहिलेको परिणाम भोग्दैछौँ : शंकर भण्डारी

‘अहिलेको सन्दर्भमा जसरी देशीविदेशी चलखेल भइरहेका छन्, जसरी देशको विरुद्धमा षडयन्त्र भइरहेको छ, हाम्रो भूपरिवेश, जिओपोटिटिक्स र विश्वभरका घटना हेर्नुपर्छ । यी सबै हेरेर नेपाली नमिलि हुँदैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १७:२७

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले कांग्रेसले बाटो बिराएकै कारण अहिलेको अवस्था भोगेको टिप्पणी गरेका छन् । अन्तरिम संविधानदेखि कांग्रेसले बाटो बिराउँदा कांग्रेस र देश संकटमा पुगेको उनले दाबी गरेका हुन् ।

‘२०७२ सालमा संविधान बनायौँ र त्योभन्दा पहिला अन्तरिम संविधानबाटै हामी गलत बाटोमा गयौँ,’ खड्का–कोइराला समूहको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘त्यसको परिणाम अहिले भोग्दैछौँ ।’

जनताको प्रिय र शक्ति पार्टी बनाउन राष्ट्रका सबै सरोकारवालालाई संगठित बनाउनुपर्ने उनले बताए । अब कुनै भ्रम र अल्झनमा रहन नहुने उनले बताए ।

‘यदि साँच्चै देश बनाउने हो भने संवैधानिक राजसंस्था र सनातन हिन्दू, बौद्ध, किराँत जैनसम्मको सनातन राष्ट्रको एजेन्डा कांग्रेसले सही ढंगले लैजानुपर्छ । मैले आफ्नो धारणा राखेको छु,’ नेता भण्डारीले भने ।

देश जोड्ने संस्था राजसंस्था नै रहेको उनले दाबी गरे । ‘कुनै पनि दलको नेतृत्वमा अहिले देश जोड्ने अवस्था छैन । राजाले नै बनाएको देश भएकाले देश जोड्ने हो,’ उनले भने ।

अहिले धेरै शक्ति कांग्रेसविरुद्ध लागेको पनि उनले आरोप लगाए । ‘दुईटै पक्षले मिलेर कांग्रेस बनाउनु छ । कांग्रेस बनाउँदै गर्दा देश जोड्ने नीति अघि सार्नुपर्छ,’ उनले भने, ‘त्यो भनेको अहिलेको सन्दर्भमा जसरी देशीविदेशी चलखेल भइरहेका छन्, जसरी देशको विरुद्धमा षडयन्त्र भइरहेको छ, हाम्रो भूपरिवेश, जिओपोटिटिक्स र विश्वभरका घटना हेर्नुपर्छ । यी सबै हेरेर नेपाली नमिलि हुँदैन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?