+
+
Shares

भृकुटीमण्डपमा तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो’ हुँदै

हाल नर्सरी क्षेत्रमा ११ अर्ब ८३ करोड रुपैयाँ बराबर लगानी रहेको र वार्षिक ६ अर्ब ४३ करोड रुपैयाँको आर्थिक कारोबार हुने गरेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नर्सरी व्यवसायी संघको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा १९ चैतदेखि २३ चैतसम्म तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८२ सुरु हुँदैछ।
  • एक्स्पोमा ६५ भन्दा बढी स्टलमा ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा, मलखाद, विषादी, गमला र प्रविधि प्रदर्शनी गरिनेछ।
  • संघले यस वर्ष करिब ५१ हजारले अवलोकन गर्ने र १ करोड ५० लाखभन्दा बढी व्यावसायिक कारोबार हुने अनुमान गरेको छ।

१८ चैत, काठमाडौं । भोलि बिहीबारदेखि काठमाडौंमा तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ सुरु हुँदैछ ।

नेपाल नर्सरी व्यवसायी संघको आयोजनामा नर्सरी व्यवसायको विकास र विस्तारका साथै प्रोत्साहन गर्ने उद्देश्यसाथ बिहीबारदेखि २३ चैतसम्म काठमाडौं भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो ।

एक्स्पोमा देशभरिका नर्सरी व्यवसायीहरूका व्यवसायिक स्टल, सूचनामूलक स्टल, प्रतिस्पर्धा स्टल लगायत गरी ६५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

एक्स्पोमा ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिने छ ।

आयोजकका अनुसार मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, गमला, औजार उपकरण तथा प्रविधि समेत प्रदर्शनी हुनेछ ।

यसैगरी एक्स्पो अवधिमा उत्कृष्ट प्रस्तुतिका आधारमा विभिन्न विधामा पुरस्कार वितरण गरिने संघले जनाएको छ ।

संघका अनुसार यस वर्ष करिब ५१ हजार जनाले अवलोकन गर्ने तथा १ करोड ५० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान छ ।

हाल नर्सरी क्षेत्रमा ११ अर्ब ८३ करोड रुपैयाँ बराबर लगानी रहेको र वार्षिक ६ अर्ब ४३ करोड रुपैयाँको आर्थिक कारोबार हुने गरेको संघले जानकारी दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?