+
+
Shares

सर्लाहीमा दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ७:३१

१९ चैत, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन् ।

प्रहरीका प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार दुवै किशोरी आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?