News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा पिकअप दुर्घटना हुँदा २४ वर्षीय आभास माबोको मृत्यु भएको छ।
- पिकअप अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
- दुर्घटनामा सवार ३ जनामध्ये २४ वर्षीय सन्दिप उभरकोटी घाइते भएका छन् र चालक कृष्ण बहादुर बराईलीलाई नियन्त्रणमा लिइएको छ।
१९ चैत, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी २४ वर्षीय आभास माबो रहेका छन् ।
अम्लिसोको कुच्चो बोकोको मे १ च ६०२९ नम्बरको पिकअप घुम्तीमा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।
पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णका अनुसार, पिकअपमा चालकसहित ३ जना सवार थिए ।
२४ वर्षीय सन्दिप उभरकोटी घाइते भएका छन् । उनको अवस्था सामानय रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै चालक कृष्ण बहादुर बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4