+
+
Shares

कार्की आयोगको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन कांग्रेसले बनायो छुट्टै समिति

यो समितिलाई कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय-सल्लाह-सुझावसहितको प्रतिवेदन सात दिन भित्र कांग्रेसको केन्द्रीय कार्यालयमा पेस गर्न जिम्मेवारी दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १८:२५

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर पार्टीलाई रायसुझाव दिन अध्ययन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिलाई पूर्णता दिएको जनाएका छन् ।

अध्ययन समितिको सदस्यमा पूर्व न्यायाधिश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई छन् ।

यो समितिलाई कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय-सल्लाह-सुझावसहितको प्रतिवेदन सात दिन भित्र कांग्रेसको केन्द्रीय कार्यालयमा पेस गर्न जिम्मेवारी दिइएको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न पूर्ववती सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

सो आयोगले फागुन २३ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन सरकार आफैले भने सार्वजनिक गरेको छैन । तर, सञ्चारमाध्यममार्फत प्रतिवेदन भाइरल भइसकेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?