+
+
Shares

सिटी वालेटमा गाभियो छिटो पैसा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटी वालेट प्रालिले छिटो पैसा प्रालिलाई गाभेको छ र अब दुवै संस्थाको कारोबार सिटी वालेट प्रा. लि. को नामबाट सञ्चालन हुनेछ।
  • केन्द्रीय बैंकले मर्जरको अन्तिम स्वीकृति दिइसकेको छ र आगामी बैशाख ३ गतेदेखि कारोबार एकीकृत हुनेछ।
  • साविकका दुवै संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व सिटी वालेटमा सर्ने केन्द्रीय बैंकले जनाएको छ।

२० चैत, काठमाडौं । सिटी वालेट प्रालिले छिटो पैसा प्रालिलाई गाभेको छ । छिटो पैसा गभिए पछि ‘सिटी वालेट प्रा. लि.’ को नामबाट कारोबार सुरु भएको छ।

केन्द्रीय बैंकबाट अनुमति लिएका दुबै संस्थालाई मर्जरको अन्तिम स्वीकृति पनि दिएको थियो । केन्द्रीय बैंकको अन्तिम स्वीकृति पछि छिटो पैसालाई सिटी वालेटले गाभेको हो ।

दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार आगामी बैशाख ३ गते बिहीबारदेखि एकीकृत रुपमा ‘सिटी वालेट प्रा. लि.’ को नामबाट सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ । सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा. लि. एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व सिटी वालेटमा सर्ने बैंकले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?