+
+
Shares

रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते ९:४२

२१ चैत, रोल्पा । रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ । घटना यही चैत्र १७ गतेको हो ।

पक्राउ परेका शिक्षकलाई अदालतबाट म्याद थप गराई थप अनुशन्धान गरिरहेको प्रहरीको भनाइ छ । शिक्षक खड्काले नाबालिकालाई विभिन्न प्रलोभनमा पारेर एकान्तमा बोलाएर बलात्कार गरेको आफन्त र स्थानीयको आरोप छ ।

घटनापछि स्थानीयवासी, अभिभावक तथा सरोकारवाला निकायहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । पीडित बालिकालाई न्यायसहित उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?