News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ।
- प्रदर्शनकारीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
- उनीहरूले पेट्रोलमा लगाउँदै आएको विभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका छन्।
२१ चैत, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनका सहभागीहरूले हाल पेट्रोलमा लगाउँदै आएको विभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4