+
+
Shares

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते ७:३५

२२ चैत, बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची छ ।

त्यसैगरी बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?