+
+
Shares

सरकारले भन्यो- आवश्यक परे जोर बिजोर प्रणाली लागू हुन्छ

‘दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको छ । ईभी पूर्वाधार विकासमा विस्तारका लागि पनि सरकार प्रतिबद्ध छ,’ उनले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पेट्रोलियम आपूर्तिमा समस्या देखिएमा जोर बिजोर प्रणाली लागू गर्न सक्ने बताएको छ।
  • मन्त्रिपरिषद् बैठकपछि मन्त्री प्रतिभा रावलले ऊर्जा बचतका लागि थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती भइसकेको जानकारी दिइन्।
  • सरकारले दीर्घकालीन गाडी रुपान्तरणका लागि इथानोल नीति तयार गर्दै ईभी पूर्वाधार विकासमा प्रतिबद्धता जनाएको छ।

२४ चैत, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुनसक्ने बताएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिइन् ।

त्यसका लागि थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको उनले बताइन् ।

‘थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती गरिसकेको अवस्था छ । आवश्यक परे जोर बिजोर प्रणाली पनि यो सरकारले लागू गर्नेछ,’ मन्त्री रावलले भनिन्, ‘सरकारले जनतासँग ‘वर्क फ्रम होम’ र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ ।’

दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको पनि उनले बताइन् । त्यसका लागि इथानोल नीतिमा तयारी भइरहेको सरकारको भनाइ छ ।

‘दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको छ । ईभी पूर्वाधार विकासमा विस्तारका लागि पनि सरकार प्रतिबद्ध छ,’ उनले भनिन् ।

त्यस्तै, सरकारले जनताको पीडा बुझ्ने बताउँदै सरकार पारदर्शी भएको मन्त्री रावलले बताइन् ।

‘सरकार पारदर्शी छ, सत्य लुकाउँदैन । तर जनताको पीडा पनि बुझ्छ । ऊर्जा बचत गरौं, संयमित बनौं धन्यवाद,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?