+
+
Shares

इरानसँग वार्ता : ट्रम्पले नेतान्याहु निकट मानिएका दूत हटाए, जेडी भान्सलाई अघि सारे

इरानी सञ्चारमाध्यम ‘फर्स’ का अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई हटाएर उपराष्ट्रपति जेडी भान्सलाई वार्ताको मुख्य जिम्मेवारी सुम्पिने प्रस्ताव गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १५:१३

२४ चैत, काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि भइरहेको प्रयासमा एउटा महत्वपूर्ण कूटनीतिक फेरबदल भएको छ ।

इरानी सञ्चारमाध्यम ‘फर्स’ का अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई हटाएर उपराष्ट्रपति जेडी भान्सलाई वार्ताको मुख्य जिम्मेवारी सुम्पिने प्रस्ताव गरेका छन् ।

विटकफलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निकट मानिएकाले इरानले उनीसँगको वार्तामा आशंका व्यक्त गर्दै आएको थियो ।

इरानको मागलाई सम्बोधन गर्दै र वार्तालाई थप गम्भीर बनाउन ट्रम्पले यो कदम चालेको बुझिएको छ ।

तेहरानका एक अधिकारीका अनुसार ट्रम्प प्रशासन अहिले कुनै पनि हालतमा छिटो सम्झौता गर्न चाहन्छ । अमेरिकालाई जारी युद्धका कारण अर्को हप्तादेखि विश्व बजारमा इन्धनको मूल्य अत्यधिक बढ्न सक्ने डर अधिकारीको धारणा छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ मार्फत इरानका लागि आज राति ८:०० बजे सम्मको अन्तिम समयसीमा तोकेका छन् ।

यदि सो समयभित्र इरानले ‘स्ट्रेट अफ हर्मुज’ नखोलेमा र सम्झौता नगरेमा इरानका ऊर्जा केन्द्र र भौतिक पूर्वाधारमा भीषण आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?