+
+
Shares

ओली–लेखकले गल्ती स्वीकार गर्न सक्नुपर्छ : महावीर पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा गल्ती स्वीकार गर्नुपर्ने बताए।
  • पुनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले गोली हान्ने आदेश नदिए पनि प्रमुख व्यक्तिले माफी माग्न हिच्किच्याउन नहुने उल्लेख गरे।
  • उनले मातहतका कर्मचारीको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने तर्क प्रस्तुत गरे।

२४ चैत, काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन् ।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भएपनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हिच्किच्याउन नहुने बताए ।

मातहतका कर्मचारीले गरेको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने उनको तर्क थियो ।

‘आज उनीहरूले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरू थिए नि त । अनि थाहा पाईएन भनेर सुख पाइन्छ ? आफू प्रमुख हुँदा आफू मातहतका कसैले गल्ती गर्‍यो, विरायो भने विराएछ भनेर भन्न त सक्नु पर्‍यो नि त । ल म क्षमा माग्छु पनि भन्नुपर्‍यो,’ पुनले भने, ‘क्षमा मागेर को मान्छे घटछ ? घट्दैन नि । विराएको कुरा, गल्तीभएको कुरालाई आफू जिम्मेवार व्यक्ति भएपछि गल्ती स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने ? त्यो मेरो आफ्नो मनको कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?